२०७९ मङ्सिर ६ गते मङ्गलवार
२०७९ मङ्सिर ६ गते मङ्गलवार

चट्याङ लागेर एक जनाको मृत्यु, तीन घाइते

सांकेतिक तस्बिर ।

पर्सामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । वीरगञ्ज छपकैया इदगाह चोकमा चट्याङले लागेर आज बिहान तीन जना घाइते भएका थिए । तीमध्ये एक जनाको मृत्यु भएको हो ।

घाइते दुई जनाको उपचार भइरहेको छ । यस्तै, पर्साकै विन्दवासिनीको अमरपट्टीमा पनि चट्याङ् लागेर एक जना घाइते भएका छन् ।