२०८१ बैशाख ६ गते बिहिवार
२०८१ बैशाख ६ गते बिहिवार

दंगिशरण १ माओवादी केन्द्रको वडा कमिटी एमालेमा समाहित

दंगिशरण गाउँपालिका १ मा माओवादी केन्द्रको वडा कमिटी एमालेमा समाहित भएको छ । सोमबार एक समारोहका बिच एमालेका केन्द्रीय सदस्य घणश्याम पाण्डेले वडा इन्चार्ज युवराज खड्का सहित २४ जना संगठित सदस्यलाई एमालेमा प्रवेश गराउनु भएको हो । दंगिशरण गाउँपालिका कमिटि सचिवालय सदस्य समेत रहेका १ नम्बर वडा इन्चार्ज खड्कासगै अर्का गाउँपालिका सदस्य धर्मराज खड्का समेत एमालेमा प्रवेश गर्नुभएको छ ।

वडा कमिटि सचिव चेतबहादुर खड्का,सदस्यहरू झग्गु डाँगी,बलिराम चौधरी,एकलाल वली सहित ३४ जना वडा कमिटी सदस्य एमालेमा प्रवेश गरेको एमालेका वडा कमिटी अध्यक्ष दिलकुमारी पुनले जानकारी दिनुभएको छ । त्यसैगरी नेपाली कांग्रेसका सक्रिय सदस्य सुरज परियार,टेकबहादुर घर्ती र भुपबहादुर घर्ती पनि आजै एमालेमा प्रवेश गर्नुभएको छ ।

पार्टी प्रवेश समारोहलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य पाण्डेले विकास प्रेमी पार्टी एमाले मात्रै भएको भन्दै एमालेमा समाहित हुन सबैलाई अपील गर्नुभयो । अर्का केन्द्रीय सदस्य कोमल वलीले जनताका समस्या समाधान गर्न एमालेलाई जिताउनुपर्नेमा जोड दिनुभयो ।