२०७९ मङ्सिर १५ गते बिहिवार
२०७९ मङ्सिर १५ गते बिहिवार

मनसुन बाहिरिन अझै केही समय लाग्ने

यो वर्षको मनसुन बाहिरिन अझै केही समय लाग्ने भएको छ। मौसमविद् विनु महर्जनले अक्टोबर २ मा बाहिरिनु पर्ने भए पनि यो वर्ष मनसुन केही दिन पछि धकेलिने देखिएको जानकारी दिइन्। मनसुन बाहिरिने मिति पनि अहिलेसम्म यकिन नभएको उनले बताइन्।

मनसुन कायमै रहे पनि आगामी ३ दिनको मौसम सामान्य रहनेछ। बिहीबारसम्म देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् महर्जनले जानकारी दिइन्।

मंगलबार बिहान पनि मधेश, बागमती प्रदेश र प्रदेश १ का एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। यी प्रदेशहरूमा आज दिउँसो पनि हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ।