२०८१ बैशाख ६ गते बिहिवार
२०८१ बैशाख ६ गते बिहिवार

सुन र चाँदीको मूल्य घट्यो

फाइल तस्वीर ।

मंगलबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ४ सय र चाँदीको मूल्य १० रुपैयाँले घटेको छ ।

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ४ सय, तेजावी सुनको मूल्य ९० हजार ९ सय र चाँदीको मूल्य १ हजार १५० रुपैयाँ प्रतितोला तेकिएको छ । आइतबार तोलामा एक हजार रुपैयाँले घटेको सुनको मूल्य सोमबार भने स्थिर थियो । सोमबार छापावाल सुनको प्रतितोला मूल्य ९१ हजार ८०० र तेजावी सुन ९१ हजार ३०० रूपैयाँ तोकिएको थियो । यस्तै सोमबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १ हजार १६० रुपैयाँ तोलामा कारोबार भएको थियो ।