२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

तुलसीपुरमा मृत अवस्थामा एक जनाको शव फेला

सांकेतिक तस्वीर ।

दाङको तुलसीपुरमा मृत अवस्थामा एक जनाको शव फेला परेको छ । तुलसीपर ५ विरेन्द्र चोक नजिकै घर भएका ५६ वर्षीय सेर बहादुर गुरुङ आज बिहान मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवम् डिएसपी पुष्पराज मल्लले जानकारी दिनुभएको छ । अहिले मृतकको शवलाई राप्ती प्रादेशीक तुलसीपुरको शव गृहमा राखिएको छ ।