२०७९ मङ्सिर १३ गते मङ्गलवार
२०७९ मङ्सिर १३ गते मङ्गलवार

दंगिरशणमा कुकुरहरुलाई रेबिज विरुद्धको खोप

‘एक स्वास्थ्यको अबलम्बन रेबिज रोगबाट सुन्य निधन भन्ने’ मुल नारा सहित दंगीशरण गाउँपालिका पशु शाखाले रेबिज रोग विरुद्धको खोप अभियान गरी दिवस मनाएको छ । १६ औं बिश्व रेबिज दिवसको अवसर पारी दंगीशरण गाउँपालिका भित्र घरधनिहरुले पाल्नु भएका कुकुरहरुलाई खोप लगाई बिश्व रेबिज दिवस मनाएको पशु शाखा दंगीशरणका प्रमुख हितराम चौधरिले बताउनुभयो ।

२००७ मात्रामा अमेरीकाबाट शुरु भएको दीवसको १६ औ दिवस सम्म आइपुग्दा रेबिजरोग बाट बच्न र यसको रोकथाममा समेत दिवसले सहयोग पुर्याएको बताउदै रेबिज रोगबारे आम जनतालाइ सचेत बनाउनु पर्ने शाखा प्रमुख चौधरिले बताउनुभयो । कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै गाउँपालिका उपाध्यक्ष पिमा ख्ड्का वलिले रेबिज रोग एउटा भाइरसका कारण लाग्ने र यसको उपचार नभएकाले पनि बर्षमा एक पटक रेबिज विरुद्धको खोप लगाउन सबैलाइ आग्र गर्नुभयो ।

दंगीशरण गाउँपालिकाका ७ वटै वडामा पालिएका करिब ५० जती कुकुरहरूलाइ खोप लगाइएको पशु शाखाले जनाएको छ । पशु शाखा दंगीशरणका प्रमुख हितराम चौधरिको सभापतित्व, गाउँपालिकाकि उपाध्यक्ष पिमा खड्काको प्रमुख आथित्यता,तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमर बहादुर वलीको बिशिस्ट आतिथ्यतामा खोप अभियान सम्पन्न भएको हो ।