२०७९ मङ्सिर ९ गते शुक्रवार
२०७९ मङ्सिर ९ गते शुक्रवार

दशैँको चौथो दिन, आज कुष्माण्डा भगवतीको पूजा अर्चना

दशैँको चौथो दिन आज कुष्माण्डा भगवतीको पूजा अर्चना गरिँदैछ । कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । कुष्माण्डाको लौकिक अर्थ कुभिण्डो हो ।

उष्ण हावापानीको प्रकृतिमा हुर्किने तर भित्री गुण शीतप्रद हुने फल कुभिण्डोलाई कुष्माण्डा देवीको प्रतीक मानेर दशैँमा यसको पूजाआजा गर्ने चलन छ । आज पनि बिहानैदेखि देशभरका शक्तिपीठ तथा देवी मन्दिरमा भक्तजनको भिड छ ।