२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

भुह्यरथानहरुमा मादल बितरण

दंगीशरण गाउँपालिका वडा न ३ ले सस्कृति संरक्षण र सम्बर्द्धनका लागी वडा भित्रका भुह्यरथानहरुमा मादल बितरण गरेको छ । पछिल्लो समय सस्कृती , रितिरिवाज र परम्पराहरुको जगेर्नामा चासो घट्न थालेपछि वडाले आर्थिक बर्ष ०७९/८० को स्वीकृत बजेट बाट खर्च गर्नेगरी मादल बितरण गरिएको वडा न ३ का वडा अध्यक्ष शुकलाल चौधरीले बताउनुभयो ।दंगीशरण गाउँपालिका वडा न ३ का वडा अध्यक्ष शुकलाल चौधरीको सभापतित्व, गाउँपालिकाकि उपाध्यक्ष पिमा खड्का वलिको प्रमुख आथित्यता तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमर बहादुर वलीको बिशिस्ट आतिथ्यतामा मादल बितरण कार्यक्रम सम्पन्न गरिएको थियो ।कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष पिमा खड्काले दाङ जिल्ला चौधरी जातीले बचाएको जिल्ला र यहाँ चौधरीको आफ्नो छुट्टै महत्त्व र अस्तित्व रहेको बताउनुभयो ।अर्को एक प्रसङ्गमा उपाध्यक्ष खड्काले आफुले पहिलो कार्यकालमा पनि थारुजातीको सस्कृती संरक्षणका लागी र भुह्वार थान बचाउनका लागी लागिपरेको पनि स्मरण गराउनुभयो ।यस्तै वडा न ३ का अगुवा तथा महतवा नारायण चौधरीले पुराना रितीरीवाज र सस्कृतीको संरक्षणका लागी राज्यले गम्भीर भएर सोचिदिन आग्रह गर्नुभयो । वडा न ३ का वडा सचिब भक्तिराम पान्डेको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण वडा न ३ का वडा सदस्य लक्ष्मणदास चौधरीले गर्नुभएको थियो ।