२०८० चैत्र ६ गते मङ्गलवार
२०८० चैत्र ६ गते मङ्गलवार

बबई ७ चरकमटियामा वडा स्तरीय खेलकुद प्रतियोगिता सुरु

दाङको बबई गाउँपालिका वडा नं. ७ चरकमटियामा वडा स्तरीय खेलकुद प्रतियोगिता आज देखि सुरु भएको छ । बबई गाउँपालिका वडा नं. ७ को आर्थिक सहयोग तथा खेलकुद परिचालन समितिको आयोजनामा आज देखि १५ गते सम्म संचालित खेलको आज एक कार्यक्रम विच उदघाटन गरिएको हो ।

खेलकुद परिचालन समितिका अध्यक्ष उमाकान्त भण्डारीको अध्यक्षता तथा वडा अध्यक्ष तिलकराम भण्डारीको प्रमुख आतिथ्यतता एवं नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि तथा नेपाल तरुण दल दाङका अध्यक्ष टिका घर्तीको को विशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै वडा अध्यक्ष भण्डारीले वडा भित्रका खेलाडिहरुलाई शसक्त बनाएर खेल प्रति चासो दिन कार्यक्रम संचालन गरेको बताउनुभयो । खेलाडि वडामा सिमित नभएर राष्ट्रिय स्तरको खेलका लागि योग्य खेलाडि बन्न यस्ता खेलले सहयोग पुग्ने बताउनुभयो । खेलकुद खेल मात्र नभएर व्यक्तिलाई अनुसाशित बनाउदै व्यक्तित्व विकास गर्ने चिज रहेको उहाँले बताउनुभयो ।
विशिष्ट अतिथि तरुण दल दाङका अध्यक्ष घर्तीले खेलले शारिरीक र मानसिक स्वास्थ्यमा निकै राम्रो प्रभाव पार्ने बताउनुभयो । खेलकुद सबैले खेल्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस दाङका जिल्ला सदस्य कुन्ती भण्डारी, बबई वडा नं. ७ का उपसभापति टिका वहादुर अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टी बबईका सभापति भक्त वहादुर डाँगी, मा.वि कौशिलापुरका प्रधानाध्यापक नेकमान बस्नेत, नेपाल शिक्षक संघ बबईका सचिव विरेन्द्र भण्डारीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।  वडा सदस्य इन्द्र वहादुर डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमक पत्रकार प्रेम पुनले गरेका थिए ।

आज फुटबलका तिन खेल भएको आयोजकले जानकारी दिएको छ । पहिलो खेल चरकमटिया ए र मलई वि टिमको खेल भएको थियो । खेलमा ६,० चरकमटिया ए टिमले जित हासिल गरेको छ भने दोस्रो खेलमा कृष्णपुर ए टिमलाइ २,१ ले मलई ए ले हराउदै जित हासिल गरेको छ । यसै गरी तेस्रो खेलमा ३,० ले कृष्णपुर वि टिमलाई हराउदै ओदाले टिमले जित हासिल गरेको खेलकुद परिचालन समितिका सचिव आदेश के.सीले जानकारी दिनुभयो । भोलि विहान ७ बजे चरकमटिया वि र कालितरा वि टिम खेल हुने आयोजक टिमले जानकारी दिएको छ । फुटबल खेलमा वडा भित्रका १० टिमको सहभागिता रहेको छ । यसैगरी भलिबल प्रतियोगिता भोलि दिउसोबाट सुरु हुने खेलकुद परिचालन समितिका सचिव के.सीले जानकारी दिनुभयो ।