दाङको बबई गाउँपालिका अध्यक्ष कुल बहादुर खत्री क्षेत्रीले डेंगु रोगबाट बच्न उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । जिल्लामा डेंगु रोगले महामारीको रुप लिइरहेको अवस्थालाई ध्यानमा राख्दै यसरोग बाट बच्न गाउँपालिबासीलाई उच्च सतर्कता अपनाउन अपिल गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत अध्यक्ष क्षेत्रीले दाङ सहित देशभर फैलिएको डेंगी रोगबाट बच्न सम्पुर्ण बबईबासी अनुरोध गर्नुभएको हो ।
अध्यक्ष खत्रीले सामाजिक सञ्जाल मार्फत बबईबासीमा गरेको अपिल जस्ताको तस्तै :
दाङ जिल्ला मा डेङुरोग् ले महामारी को रुप लिइरहेको अवस्थालाइ ध्यानमा राख्दै यसरोग बाट बच्न सबैलाइ उच्च सतर्कता अपनाउन हार्दिक अपिल गर्दै डेङ्गु को संक्रमण बाट बच्न डेङ्गु सार्ने लामखुट्टे को टोकाइबाट बच्नु र लामखुट्टे को लार्भा लाइ ” खोज र नस्ट गर ” को निति अवलम्बन गर्नु नै सर्बोत्तम उपाए भएकोले सबै दाजुभाइ दिदिबहिनि एवं आमाबुवा हरुमा आ आफ्नो घर वरपर रहेका आकासको पानीजम्ने पुराना टायर ,बोतल , प्लास्टिक का भाँडा हरु को साथै पानी जम्मा हुने ठाँउहरु हटाइ डेंगु सार्ने लामखुट्टे को लार्भा नस्ट गर्ने अभियानमा लाग्न बिनम्र अनुरोध गर्दछु ।