२०८० चैत्र ६ गते मङ्गलवार
२०८० चैत्र ६ गते मङ्गलवार

शान्तिनगरबासीको सहज सेवा प्रवाहमा कटिबद्ध छौ : प्र.प्रा. अधिकृत खड्का

दाङको शान्तिनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काले शान्तिनगरबासीको सहज सेवा प्रवाह प्रदान गर्न आफू र कर्मचारी कटिबद्ध रहेको बताउनुभएको छ । छहरा अनलाइनसंग कुरा गर्दै आम नागरीकको सेवा प्रवाह सहज र सरल ढंगले गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।

जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध सुमधुर हुन आवश्यक रहेको उहाँले बताउनुभयो । राजनितीले नीति निर्माण गर्ने र प्रशासनले त्यसलाई कार्यान्वयन गराउने हुँदा जनप्रतिनिधि र कर्मचारी बिच एकअर्कामा सहयोगी भुमिका हुन आवश्यक रहने बताउनुभयो । भर्खरै शान्तिनगर गाउँपालिकामा सरुवा भएर आउनुभएका खड्का संग यसअघि पनि अन्य स्थानिय तहमा काम गरेको अनुभव छ।

पालिका भित्र यतिबेला २०७९/८० को बजेट कार्यान्वयन गर्ने काम चलिरहेको बताउदै खड्काले अघिल्ला बर्षका योजनाहरु अनुगमन गर्ने र बाँकी भएको बक्यौता भुक्तानी दिने काम समेत गरिरहेको बताउनुभयो । शान्तिनगरमा नयाँ जनप्रतिनिधि नयाँ जोस् र जागरका साथ काम गर्ने सोचका साथ निर्वाचित भएकोले पनि आफ्नो शान्तिनगरको कार्यकाल सफल हुने उहाँको विश्वास छ ।