दाङको गाउँपालिका वडा नं. ७ चरकमटियामा विजया दशमीको अवसरमा संचालित वडा स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । गत असोज १३ गते देखि संचालित फुटबल/भलिबल प्रतियोगिता सम्पन्न भएको हो । फुटबल प्रतियोगितामा चरकमटिया ए टिम प्रथम हुन सफल भएको छ । यसैगरी मलई ए टिम द्धितिय, चरकमटिया वि टिम र कालितरा ए टिम तृतिय भएका छन् ।
यस्तै भलिबल प्रतियोगितामा पनि चरकमटिया ए टिम प्रथम हुन सफल भएको छ । द्धितिय ढोलपुर वि टिम र तृतिय ढोलपुर ए टिम भएको छ । विजेता टिमलाई नगद, प्रमाण पत्र र मेडल प्रदान गरिएको थियो । यसैगरी हाई स्कोर नविन डाँगी र वेस्ट किपर जीवन रावत भएका थिए । उनिहरुलाई रु एक हजार पाँच सय रुपैयाँले सम्मान गरिएको थियो ।
समापन कार्यक्रममा बोल्दै बबई गाउँपालिका अध्यक्ष कुल वहादुर खत्रीले खेलकुदको विकासका लागि गाउँपालिकाले सहयोग गर्ने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष खत्रीले सक्षम र योग्य खेलाडि निकाल्न यस्ता खेलले सहयोग पु¥याउने बताउनुभयो । गाउँपालिकाले खेल र खेलाडिको लागि आवश्यक पहल गर्ने अध्यक्ष खत्रीको भनाई थियो । कार्यक्रमका विशिष्ट अतिथि वडा नं. ७ का वडा अध्यक्ष तिलकराम भण्डारीले युवाहरुको खेलप्रति चासोलाई मध्यनजर गर्दै वडाले खेलमा बजेट विनियोजन गरेको बताउनुभयो । वडा स्तरमा खेलाडि पहिचान गरी खेल क्षेत्रमा सक्षम खेलाडि निर्माण गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । वडाले खेलाडि संग समन्वय गरेर आगामी दिनमा पनि खेलकुद कार्यक्रम गर्दे जाने उहाँले बताउनुभयो । यसैगरी कार्यक्रममा विशिष्ट अतिथि जिल्ला समन्वय समिति दाङका उपप्रमुख चेतना चौधरीले खेल नै स्वास्थ्य भएकाले खेल प्रति युवाहरुको चासो हुन आवश्यक रहेको बताउनुभयो । खेल क्षेत्रमा युवाहरुको महत्वपूर्ण भूमिका रहने बताउदै उहाँले युवा खेलाडिका लागि आफूले सधै सक्दो सहयोग र पहल गर्ने बताउनुभयो ।
खेलकुद परिचालन समितिका अध्यक्ष उमाकान्त भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति दाङका पूर्व सदस्य जक्त वहादुर बस्नेत, नेपाली कांग्रेस दाङका जिल्ला सदस्य कुन्ति भण्डारी, नेपाली कांग्रेस बबईका उपसभापति जित वहादुर वली, नेपाली कांग्रेस बबई ७ का सभापति महादेव के.सी, नेकपा एमाले बबई ७ का अध्यक्ष कृष्ण प्रसाद चौधरी लगायत मन्तव्य व्यक्त गरेका थिए । वडा सदस्य इन्द्र वहादुर डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण पत्रकार प्रेम पुनले गर्नु भएको थियो ।