२०८० चैत्र ६ गते मङ्गलवार
२०८० चैत्र ६ गते मङ्गलवार

पोखेरीमा डुबेर एक जनाको मृत्यु

सांकेतिक तस्वीर

अर्घाखाँचीमा पोखेरीमा डुबेर एक जनाको मृत्यु भएको छ । शीतगंगा नगरपालिका ठाडास्थित डमरु दहमा डुबेर शितगंगा ३ का ३७ वर्षीय खिमबहादुर नेपालीको मृत्यु भएको हो ।
आइतबार बिहान करिब ८ बजेतिर दहमा पसेका नेपालीलाई पानीमुनि हिलोमा गडेको अवस्थामा प्रहरीले उद्धार गरेका थिए । उद्धार गर्नासाथ उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा लगिको थियो । इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक होमनाथ रेग्मीले खिमबहादुर किन दहमा गएका थिए भन्ने नखुलेको बताए ।