२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

कक्षा १२ को ग्रेड वृद्धि परिक्षा आज देखि सुरु

कक्षा १२ को ग्रेड वृद्धि परिक्षाका लागी आज पहिलो दिन परिक्षार्थिहरुले परिक्षा दिएका छन । कक्षा १२ को परीक्षामा आफ्नो कम अंक आएका बिद्यार्थीहरुले पहिलो दिनको बिषयगत ग्रेड परिक्षा दिएका हुन ।

आज पहिलो दिन पश्चिम दाङका शान्तिनगर , बबई ,र दंगीशरणमा रहेका विद्यालयका विद्यार्थीहरुले सिद्ध पृथिबि जनता उच्च माबि श्रीगाउँमा परीक्षा दिएका हुन । ३ वटा गाउँपालिकामा रहेका ८ वटा विद्यालयका २५६ जना विद्यार्थीहरुले आज पहिलो दिनको ग्रेड वृद्धि परिक्षा दिएको दंगीशरण गाउँपालिकाका शिक्षा शाखा प्रमुख बिनोद अधिकारीले जानकारी दिनुभयो । आज पहिलो दिनको परीक्षा अनुगमन गर्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले बिद्यार्थीको ग्रेड वृद्धिका लागि लिएको परीक्षाको राम्रो प्रबन्ध मिलाउन बिधालयलाइ सुझाब दिनुभयो ।

विद्यार्थीहरुलाइ कत्ति पनि नहडबडाइ आफुले जानेको कुरा लेख्न र केहि समस्या भए आफुलाइ जानकारी गराउन आग्रह गर्नुभयो । अनुगमनका क्रममा शिक्षा शाखा प्रमुख बिनोद अधिकारी , वडा न ६ का वडा अध्यक्ष तथा सामाजिक बिकाश समितीका अध्यक्ष रोशन जङ शाह ,बिधालय ब्यबस्थापन समितीका अध्यक्ष लिला वलि बिधालयका सहायक प्र.अ. चन्द्रलाल जैसि , शिक्षा शाखा प्राबिधिक सहायक उमा केसी लगाएतको सहभागीता रहेको थियो ।