२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

किशोरी सामूहिक बलात्कारको आरोपमा तीन जना पक्राउ

रुपन्देहीमा दुई किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । कञ्चन गाउँपालिकाका १८ र १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा सैनामैना ११ का १९ वर्षीय पदम कार्कीसहित १५ वर्षका दुई जना किशोर पक्राउ परेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

जिल्ला प्रहरीका प्रवक्ता श्यामु अर्यालका अनुसार आरोपितले ६ जनाले बलात्कार गरेको विवरण दिएका छन् । थप तीन जनाको खोजी भइरहेको प्रहरी प्रवक्ता अर्यालले जानकारी दिनुभयो । प्रहरीका अनुसार पीडित किशोरीहरु र आरोपितहरु चिनजानका साथी भएको खुलेको छ ।