ओखलढुंगामा बाबुले आफ्नै दुई वर्षीया छोरीको हत्या गरेका छन् । सिद्धिचरण नगरपालिका–३ अधेरीमा बुबा ३७ वर्षीय राजेन्द्र राईले सोमबार राती छोरी रितिका राईको हत्या गरेका हुन्।
राति मदिरा सेवन गरी घर आएका राईले वादविवादपछि श्रीमतीलाई खुकुरी प्रहार गरी श्रीमतीलाई समेत घाइते बनाएका थिए। राईले आफैँलाई समेत काटेर टाउकोमा घाउ बनाएको जिल्ला प्रहरी निरीक्षक केशव अधिकारीले जानकारी दिए। घाइते दुवैको सामुदायिक अस्पताल सोब्रुमा उपचार भइरहेको छ।