२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

गठबन्धनका उम्मेरदवारलाई जिताउन नेता तथा कार्यकर्ताको सक्रियता

आसन्न मंसिर ४ को प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा चुनाव लक्षित गरी गठबन्धन दलका उम्मेरदवारलाई जिताउन नेता तथा कार्यकर्ता सक्रिय भएका छन् । दाङ क्षेत्र नं. ३ प्रतिनिधि सभा उम्मेदवार दिपक गिरी र ३ (२) प्रदेश सभा सदस्य उम्मेदवार धन वहादुर मास्कीलाई जिताउन पाँच दलिय गठबन्धनका नेता तथा कार्यकर्ता सक्रिय भएका लागेका छन् । पश्चिमदाङका विभिन्न स्थानमा बैठक तथा छलफल गरी चुनाव प्रचार प्रसारलाई तिव्रता दिएको नेपाली कांग्रेस बबई ३ का सभापति नागबागले जानकारी दिनुभयो ।

आज पश्चिमदाङको बबई ३ पिसिओ चोकमा मतदाता सचेत गराई गठबन्धन उम्मेदवारका पक्षमा भोट गर्न सचेतना मुलक भेटघाट तथा छलफलको कार्यक्रम सम्पन्न भएको हो। नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश दलित संघ सभापति तथा चुनाब प्रचारप्रसार दलित भातृ संघ संगठनका दाङ क्षेत्र नं. ३ का संयोजक जोगेन्द्र बिश्वकर्माको प्रमुख आतिथ्यता तथा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य तथा चुनाबी उपसंयोजक खर्क बहादुर सुनारको बिशिस्ट आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।

सो अवसरमा राष्ट्रिय खेलकुद परिषद डाईरेक्टर तथा काङ्ग्रेस नेता अर्जुन बिक, नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश सल्लाहकार कृष्ण बहादुर खत्री, नेकपा माओवादी केन्द्र शान्तिनगर सदस्य तथा गठबन्धन चुनावी र्३ खै संयोजक छ्पी परियार, नेपाली कांग्रेस क्षेत्र नं. ३ सदस्य जयलाल वली, नेकपा माओबादी केन्द्र बबई उपाध्यक्ष रमेश सुनार , दलित बबई उपसंयोजक राम प्रसाद बिक निबर्तमान अध्यक्ष चिन्तामनी शर्मा ,काङ्ग्रेस नेता गोपिलाल केसी लगायत नेपाली काङ्ग्रेस नेता कार्यकर्ता क्षेत्रीय प्रतिनिधि प्रदेश प्रतिनिधि, वडा टोल कार्यसमिति पदाधिकारी लगायत जनप्रतिनिधि साथै पाँच दलिय गठबन्धन कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
बबई सयोजक जयराम विकको अध्यक्षतमा भएको कार्यक्रममा नेपाली कांग्रेसका सक्रिय सदस्य शेरसिङ परियारको स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण नेपाली काङ्ग्रेस वडा सभापति तथा पाँच दलिय गठबन्धन तीन नं. वडा संयोजक प्रेमलाल नागबागले गरेका थिए ।