२०७९ माघ ९ गते सोमवार
२०७९ माघ ९ गते सोमवार

चितुवाको आक्रमणबाट तीन जना घाइते

फाइल तस्वीर ।

स्याङ्जाको वालिङ नगरपालिका वडा १४ कफ्लेटीमा आज बिहान चितुवाले आक्रमण गर्दा तीन जना घाइते भएका छन् ।चितुवाको आक्रमणबाट ६४ वर्षीय कृष्णलाल न्यौपाने, ६८ वर्षीया तुलसी पराजुली र २४ वर्षीया लक्ष्मी पराजुली घाइते भएका हुन् । खेतमा काम गरिहेका कृष्णलाललाई आक्रमण गरेपछि नजिकै पुगेका तुलसी र लक्ष्मीलाई पनि चितुवाले झम्टिएको हो ।

घाइते तीन जनालाई वालिङमा सामान्य उपचार गरी थप उपचारका लागि पोखरा पठाइएको छ । उनीहरु सबैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।