२०७९ फाल्गुन ३० गते मङ्गलवार
२०७९ फाल्गुन ३० गते मङ्गलवार

संगितको उपचारमा ‘न्यानोपनमा हाम्रो सहयोग अभियान’

‘न्यानोपनमा हाम्रो सहयोग अभियान ’ले बबई गाउँपालीका वडा नं ४ निवासी संगित बिश्वक्रर्माको उपचारका लागि सहयोगका लागि अभियान चलाएको छ । विभिन्न समस्यामा साथ सहयोग अभियान चलाउदै आएको ‘न्यानोपनमा हाम्रो सहयोग अभियान’ ले संगित बिश्वक्रर्माको उपचारका लागि सहयोगका लागि ‘हाम्रो साथी हामी बचाउ अभियान’ चलाएको हो ।

विगत ८ महिना अगाडि देखि बिरामी भइ विभिन्न ठाउँमा उपचार गर्दा पनि सुधार नभएको र हाल काठमाडौमा उपचार गरिका विश्वकर्माको उपचारका लागि ‘हाम्रो साथी हामी बचाउ अभियान’ चलाएको अभियान्ता राम वहादुर वली (रामु सरकार) ले बताउनुभयो । आर्थिक अवस्था कमजोरका कारण उपचारमा समस्या परेको संगितको उपचारका लागि विभिन्न सहयोगिमनहरुले सहयोग रकम प्रदान गरिरहनु भएको छ ।

संगितको उपचारमा सहयोगिमनले सहयोग गर्नुहुने आशा लिएको अभियान्ता वलीले बताउनुभयो । यसैगरी मावि हंशपुरले पनि सहयोग रकम जम्मा गरेको छ । सहयोग गर्न चाहने सहयोगी व्यक्तिले तल उल्लेखित बैंक खातामा जम्मान गर्न आग्रह गरिएको छ ।

A/C Holder Name: SANGIT BISHOWKARMA
Account Number: 1520144965800001
Bank Name: Kumari Bank Ltd.