सत्ता गठबन्धनबाट दाङ क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्यतर्फ नेपाली कांग्रेस उम्मेदवार दीपक गिरीले चुनावी सभासंगै घरदैलोलाई तिव्रता दिएका छन् । उम्मेदवार गिरीले तुलसीपुर उपमहानगरपालिका वडा नं ३ स्थित राम्रीमा घरदैलो तथा भेटघाट कार्यक्रम गर्दै राम्रीबासी र यस क्षेत्रको बिकासका लागि योजनाबद्ध तबरले लाग्ने बताएका छन् ।
गिरीले भने,‘जसरी मैले मन्त्री हुदाँ बृह्त सिंचाई योजना तुलसीपुरमा ल्याएँ, राप्ती बबई क्याम्पस बनाएँ, विभिन्न सडक बिस्तार, खानेपानीका समस्या समाधानमा महत्वपुर्ण भुमिका खेलें, त्यसरी नै अहिले चुनाव जितेर सत्तामा गएपछि यस क्षेत्रको विकास निमार्णका लागि योजनाबद्ध तबरले लाग्नेछु ।’
नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका गिरीले हावापानी, भौगोलिक बनोटले सुन्दर मानिने राम्रीलाई विशेष पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने प्रतिबद्धता जनाए । गिरीले राम्री क्षेत्रको खानेपानीको समस्या समाधानका लागि आफू लाग्ने समेत बताए ।