२०७९ माघ ७ गते शनिवार
२०७९ माघ ७ गते शनिवार

दंगिशरणमा एमालेका युवा नेताहरु माओवादी केन्द्रमा प्रवेश

नेकपा एमाले दंगिशरणका युवा नेताहरु नेकपा माओवादी केनद्रमा प्रवेश गरेका छन । नेकपा एमाले दंगिशरणका युवा नेता बिशाल केसीको नेतृत्वमा सयौं युवा नेता नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका हुन् ।

उनिहरुलाई नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट दाङ ३(ख) प्रदेश सभा सदस्यका उम्मेदवार धन बहादुर मास्की ‘राजेश’ ले टीका लगाएर प्रवेश गराउनु भएको हो ।
कार्यक्रममा माओवादी केन्द्रका प्रदेश सदस्य धिरज सेर्पाली, बज्र चौधरी, महेश वली, वाइसीएल नेता माइकल गुर्ताल, नवीन थापा, मार्सल जिसि, माओवादी केन्द्रका युवा नेताहरू बिरु वली, हिरा सुनार, लिला बिक, हरिस गिरि, अखिल क्रान्तिकारीका दाङ ३(ख) चुनावी संयोजक अशोक भण्डारी   लगायत गठबन्धन दलका नेताहरुको उपस्थिती रहेको थियो ।