२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

मलई हुदैं नेपालगञ्ज जोड्ने सडक निर्माण गछौं : गठबन्धन उम्मेदवार

दाङ क्षेत्र नं. ३ गठबन्धनका प्रतिनिधि सभा सदस्यका उम्मेदवार दिपक गिरी र क्षेत्र नं. ३ (२) का प्रदेश सभा सदस्यका उम्मेदवार धन बहादुर मास्की (राजेश) ले बबई गाउँपालिका वडा नं. ७ मलई हुदैं नेपालगञ्ज जोड्ने सडक निर्माणका लागि पहल गर्ने बताएका छन् । मलईमा भएको चुनावी सभालाई सम्बोधन गर्दै गठबन्धनका उम्मेदवार गिरी र मास्कीले आफूहरुलाई पश्चिमदाङबासीले जनताले जिताए मलई हुदैं नेपालगञ्ज जाने सडक निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । जनताको आशिर्बादले जितेर प्रतिनिधि भएपछि पश्चिमदाङबासीको सहजताका लागि बाँके राष्ट्रिय निकुञ्जसंग समन्वय गरेर नेपालगञ्ज जोड्ने सडक निर्माणको काम अगाडि बढाउने बताएका छन् । बाँके राष्ट्रिय निकुञ्जसंग समन्वय गरी दाङका मध्यवर्ती क्षेत्रका बासीन्दा भोगेको बन्यजन्तुबाटको समस्याको समाधानका लागि पहल गर्ने समेत बताएका थिए ।

चुनावी सभालाई सम्बोधन गर्दै प्रतिनिधि सभा उम्मेदवार तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य गिरीले मलई हुदैं नेपालगञ्ज सडक निर्माण आफूले योजना बनाएको बताए । ‘२०७० सालको चुनावमा जितेर मैले पश्चिमदाङका विभिन्न विकासका काम गरेको थिए‘ उनले भने, ‘थुप्रै नदि तथा खोलामा पक्की पुल, तटबन्धन, सिचाई योजना तथा अन्य विकासको काम गरे ।,’ आफू ९ महिने सिचाईमन्त्री हुँदा मलई हुदैं नेपालगञ्ज सडक बनाउने उद्येश्यले मठेउरा हुदैं रावततरा जोड्ने बबई नदिमा पक्की पुल निर्माण गरेको उनको भनाई छ । पश्चिमदाङको विकासका लागि गम्भिर भएर लागेको समयमा २०७४ को चुनावमा हार व्यहोर्नु परेको गिरीले बताए । ‘गएको ५ बर्षमा पश्चिमदाङमा कुनै विकास भएन छ, मैले जस्तो विकास गरेरको त्यतिको त्यति भएछ’ उनले भने ‘पश्चिमदाङको विकास मेरै भाग्यमा मात्र रैछ, मलाई पश्चिमदाङको विकास गर्नु लेख्या रैछ ।‘ यसपटक चुनावमा जिेतर पश्चिमदाङको हरेक विकास निकास गर्ने उनले प्रतिवद्धता व्यक्त गरे ।

यसैगरी दाङ क्षेत्र नं. ३ (२) का उम्मेदवार तथा नेकपा माओबादी केन्द्रका पोलिट व्युरो सदस्य मास्कीले विकट क्षेत्र मलईको विकास आफ्नो पहिलो प्राथमिकतामा रहने बताए । ‘मलई क्षेत्रको सडक, विधुत, सञ्चार, स्वास्थ्य, शिक्षा, खानेपानी जस्ता विसकालाई प्राथमिकता साथ राख्ने छु‘, उनले भने, ‘पश्चिमदाङका विकट क्षेत्रको विकास गर्नका लागि म उम्मेदवार भएको हु, पश्चिमदाङको हरेक विकास र निकासका लागि म अगाडि बढ्ने छु ।’ मलईबासीले विकास निर्माण र बाँके राष्ट्रिय निकुञ्जको बन्यजन्तुबाट परेको असरबारे उम्मेदवारलाई समस्या राखेका थिए ।
यसैगरी विटक बस्ती दंगिशरण १ फुर्केसल्लीमा पनि चुनावी सभा सम्पन्न भएको छ । चुनावी सभालाई सम्बोधन गर्दै गठबन्धनका उम्मेदवार गिरी र मास्कीले विकट फुर्केसल्लीको विकास लागि आफूले पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । बुधबार बबई र दंगिशरणका विभिन्न टोलमा चुनावी भेटघाट कार्यक्रम सम्पन्न भएका थिए ।