२०७९ माघ ११ गते बुधवार
२०७९ माघ ११ गते बुधवार

बबई र शान्तिनगरका युवा माओवादी केन्द्रमा प्रवेश


चुनाव नजिकिदै गर्दा युवाहरु पार्टी प्रवेश लहर चलेको छ । केहि दिन अघि सयौं युवा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए । बुधबार बबई गाउँपालिका र शान्तिनगर गाउँपालिकाका युवा माओबादी केन्द्रमा प्रवेश गरेका छन् । बबई गाउँपालिका नेकपा एमालेका युवा नेता, पुर्व गाउँपालिका युवा संघ अध्यक्ष भुपद बिकको नेतृत्वमा ३१ जना र शान्तिनगर गाउँपालिका वार्ड २ मा निरज थापाको नेतृत्वमा ३२ जना स्वतन्त्र युवा नेताकार्यकर्ताहरु गठबन्धन दल माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।