२०७९ माघ ९ गते सोमवार
२०७९ माघ ९ गते सोमवार

पश्चिमदाङले गिरी र मास्की खोजेको छ : मास्की

दाङका क्षेत्र नं. ३ (ख) का उम्मेदवार नेकपा माआबादी केन्द्रका पोलिट व्युरो सदस्य धन बहादुर मास्की (राजेश) ले पश्चिमदाङले आफू र नेपाली कांग्रेसका केन्द्रिय सदस्य दिपक गिरीलाई खोजेको बताएका छन् । हापुरेमा भएको चुनावी सभालाई सम्बोधन गर्दै पश्चिमदाङको विकासका लागि जनताले संघमा दिपक गिरी र प्रदेशमा मास्कीलाई खोजेको बताए । नेपाली कांग्रेसका केन्द्रिय सदस्य गिरी विकासप्रेमी नेता भएको र आफूपनि विकासप्रेमी भएको बताउदै पश्चिमदाङको विकास गर्ने दायित्व  अव आफूहरुको रहेको उनको जिकिर छ ।  पश्चिमदाङको मुहार फेर्न गठबन्धनका उम्मेदवारलाई जनताले अनुमोदन गर्नेमा आफू विश्वस्त रहेको बताए ।

संविधानको रक्षा र देशमा दिगो विकासका लागि गठबन्धन बनेको भन्दै विपक्षीले भ्रम छरेकाले यस भ्रमलाई चिर्नु पर्ने बताए । ‘हामीले सत्ता स्वार्थका लागि गठबन्धन बनाएका होइनौ’, उनले भने ‘ओलीको अतिबाद अन्त्य गर्न गठबन्धन भएको हो ।’ गठबन्धनका उम्मेदवार जिताउन नेता, कार्यकर्ता र आम जनता एक हुनुपर्ने तर्क राखे । गठबन्धनले जिते मात्र पश्चिमदाङका समग्र विकास हुने भएकाले आफूहरुलाई उनले अनुरोध गरे । मंसिर ४ पछि गठबन्धनको बन्ने र त्यसबाट मात्र जनताले संविधान र दिगो विकासको अनुभुति गर्ने बताए ।