मंसिर ४ गते हुनगइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्बाचनमा हुन सक्ने संभावित दैबिय तथा अन्य बिपदबाट धनजनको क्षतिलाई न्युनिकरण गर्न तथा रोक्न दंगीशरण गाउँपालिका स्वास्थ्य शाखाले प्राथमिक उपचार सहितको ब्यबस्थापन गरेको छ । डाक्टर सहितको प्राबिधिक टिम बाट २४ घण्टा इमर्जेन्सि सेवाको प्राथमिक स्वास्थ्य केन्द्र बागरमा ब्यबस्थापन गरिएको छ । यसैगरी गोल्टाकुरि र हेकुलि स्वास्थ्य चौकिका एम्बुलेन्सहरु निर्बाचनको दिन २४ घन्टा एलर्ट अबस्थामा राखिएको द्ंगिशरण गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राजेन्द्र हमालले जानकारी दिनुभयो । निर्बाचनको दिन कसैलाइ कुनै कुराले असहज स्थिति नआवस भन्ने उदेश्यले शाखाले मतदान स्थलमा खटिने कर्मचारीकर्मचारी, सुरक्षाकर्मि , र मतदाता लगायत सर्बसाधारणहरुलाई लक्षित गरी प्राथमिक आकस्मिक सेवाको तयारी गरीएको गाउँपालिका अध्यक्ष शम्भु गिरीले बताउनुभयो ।