२०७९ माघ ९ गते सोमवार
२०७९ माघ ९ गते सोमवार

दाङमा चक्कु देखाएर लुटपाट गर्ने दुई जना पक्राउ

दाङमा चक्कु देखाएर अटोमा लुटपाट गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका ४ जुम्लेकुलाका २६ वर्षीय गोविन्द केसी र तुलसीपुर ५ बसपार्कका १९ वर्षीय आशिष परियार रहेका छन् ।

उनीहरुले गएराति तुलसीपुरबाट जुम्लेकुला जाँदै गरेको भे १ ह ५४४३ अटो नियन्त्रणमा लिइ शान्तिनगर गाउँपालिका ४ रानीवनको जङ्गलमा लुटपाट गरेका प्रहरीले जनाएको छ । अटो चालकको साथमा रहेको २ हजार ९ सय २० रुपैयाँ र मोबाइल लिएर भाग्दै गरेको अवस्थामा उनीहरुलाई शान्तिनगर मतदान केन्द्रमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।