२०७९ फाल्गुन २९ गते सोमवार
२०७९ फाल्गुन २९ गते सोमवार

गगन थापाको ‘ह्याट्रिक’ जित

प्रतिनिधि सभा सदस्यका लागि भएको चुनावमा काठमाण्डौ क्षेत्र नम्बर–४ बाट नेपाली कांग्रेसका उम्मेदवार गगनकुमार थापा विजयी हुनुभएको छ । उहाँको यो ह्याट्रिक जित हो । कांग्रेसका महामन्त्रीसमेत रहेका थापाले २१ हजार ३०२ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका राजन भट्टराईले १३ हजार ८५५ मत प्राप्त गर्नुभएको छ ।
थापाले भट्टराईलाई ७ हजार ४ सय ४७ मतको अन्तरले हराउनुभयो । संविधानसभा सदस्य निर्वाचन–२०६४ मा कांग्रेसको तर्फबाट समानुपातिक सदस्यमा निर्वाचित थापा संविधानसभा सदस्य निर्वाचन–२०७० मा काठमाण्डौ–४ बाट प्रत्यक्षतर्फ विजयी हुनुभएको थियो ।
त्यस्तै, प्रतिनिधि सभा सदस्यमा–२०७४ मा पनि त्यहाँबाटै निर्वाचित हुनुभएको थियो ।