२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

दाङमा स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु

दाङमा स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका –९ नयाँबस्ती निवासी शोभाराम विकको १३ महिनाकी छोरी पुष्पा बिक रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता राजन गौतमले जानकारी दिनुभयो ।

नारायणपुरबाट विद्यार्थीलाई छोड्न गएको बाल प्रतिभा इंग्लिस बोर्डिङ स्कुलको अनटेष्ट बसको ठक्करबाट  म‌ंगलबार  बालिकाको मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो । बालिकालाई ठक्कर दिए  लगत्तै भागेका चालकको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।