२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

दाङ क्षेत्र नं. २ (१) मा कांग्रेसका उम्मेदवार राजु खनाल निर्वाचित

दाङको निर्वाचन क्षेत्र नं. २ (१) मा नेपाली कांग्रेसका उम्मेदवार राजु खनाल निर्वाचित भएका छन् । खनाल गठबन्धनका साझा उम्मेदवार हुन् ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति समेत रहेका खनालले १५ हजार ६ सय १६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका बलीभद्र रानाले १४ हजार ४ सय ४९ मत प्राप्त गरेका छन् । उनीहरु बीचको मतान्तर १ हजार १ सय ६७ रहेको छ ।
यो निर्वाचन क्षेत्रमा ३७ हजार ८६ मत खसेको थियो भने १ हजार ४ सय ८५ मत बदर भएको थियो ।