२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

तुलसीपुरमा स्कुटर र मोटरसाइकल ठोक्किदा ३ जना घाइते

दाङको तुलसीपुरमा स्कुटर र मोटरसाइकल एक आपसमा ठोक्किदा ३ जना घाइते भएका छन । घाइते हुनेमा मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका १८ निवासी ३२ वर्षीय गोविन्द बस्नेत,स्कुटर चालक तुलसीपुर ७ निवासी ४० वर्षीय धनमाया भुषाल र स्कुटरमा पछाडी सवार सोहि ठाउ निवासी ६७ वर्षीय सौरी भुषाल रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

आज बुधबार दिउसो तुलसीपुर देखी पर्सेनी तर्फ जादै गरेको रा ३ प ६३६७ नम्बरको स्कुटर र विपरीत दिशाबाट आउदै गरेको रा ५ प ५१९४ नम्बरको मोटरसाइकल तुलसीपुर ७ राजापुरमा ठक्कर खादा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । घाइते तिनै जनाको राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।