२०७९ फाल्गुन ३० गते मङ्गलवार
२०७९ फाल्गुन ३० गते मङ्गलवार

दाङ क्षेत्र नंं ३ प्रदेशसभा २ मा धनबहादुर मास्की विजयी

दाङ क्षेत्र नंं ३ प्रदेशसभा २ मा गठबन्धनका साझा उम्मदेवार धनबहादुर मास्की (राजेश) विजयी भएका छन् । माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य मास्कीले २२ हजार ३ सय २१ मत ल्याएका छन्, भने उनका निकटतम प्रतिस्पर्धी एमालेका हुकुम बस्नेतले २० हजार १ सय ५८ मत ल्याएका छन् । उनीहरुबीचको मतान्तर २ हजार १ सय ६१ रहेको छ । घोषणा हुन भने बाँकी रहेको छ ।

मास्कीलाई प्रदेशको मुख्यमन्त्रीका रुपमा पनि हेरिएको छ । उनि प्रचण्डका विश्वासिला पात्रको रुपमा चिनिन्छन् । मास्की पहिलो पटक संसदमा प्रवेश गर्ने अवसर पाएका छन् । उनी जनयुद्धका चर्चित कमाण्डर पनि हुन् ।
त्यस्तै निर्वाचनमा राप्रपाका भुपाल रावतले ३ हजार ४ सय १९, मंगोल नेश्नल अर्गनाइजेशनका शुशिल चौधरीले ५ सय ६२ , स्वतन्त्र उम्मेदवार अमृता कुमारी बस्नेतले ४ सय ५०, दुर्गा बहादुर वलीले २ सय ७८, गणेशबहादुर बस्नेतले १५९ राजन डाँगीले १२०, भुपबहादुर विकले ११८ मत ल्याएका छन् ।
७९ हजार ९८९ मतदाता रहेकोमा ४९ हजार ९ सय ५० मत खसेको थियो ।