२०७९ मङ्सिर ८ गते बिहिवार
२०७९ मङ्सिर ८ गते बिहिवार

सल्यानमा प्रकाश ज्वाला विजयी

सल्यानमा प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वाला विजयी भएका छन ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उम्मेदवार ज्वालाले ३५ हजार ७०० मत ल्याई विजयी भएका हुन्। उनले निकटतम प्रतिद्वन्द्वी स्वतन्त्रका उम्मेदवार राजेन्द्रबहादुर शाहलाई १५ हजार ९११ मतान्तरले पराजित गरेका हुन्। पराजित राजेन्द्रबहादुर शाहले १९ हजार ७८९ मत प्राप्त गरे । त्यस्तै, एमालेका उमेदवार राजेन्द्र विर रायले १३ हजार २९ मत प्राप्त गरे ।
२०३७ सालदेखि राजनीतिमा प्रवेश गरेका ज्वालाले २०५२ सालदेखि संसदीय निर्वाचनमा भाग लिएका थिए । उनले पहिलो पटक २०५६ मा , दोस्रो पटक २०७०, तेस्रो पटक २०७४ जित हासिल गरेका थिए ।

२०५२÷०५३ मा शाहबाटै पराजित भएका ज्वालाले यो भन्दा पहिला राजेन्द्रबहादुर शाहलाई २०५६ मा पहिलो पटक पराजित गरेका थिए । अहिलेसम्म चार पटक निर्वाचित भइसकेका ज्वाला २०७४ मा निर्वाचित भएपछि कर्णाली प्रदेशका अर्थ मामिला मन्त्री समेत भएका थिए ।