२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

एमालेका महासचिव पोख्रेललाई हराउदै गठबन्धनबाट शर्मा निर्वाचित

दाङ क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका महासचिव शंकर पोख्रेललाई हराउदै गठबन्धनतर्फका साझा उम्मेद्धार नेकपा (माओवादी केन्द्र) की रेखा शर्मा निर्वाचित भएकी छिन् । पोखरेललाई १९६ मतान्तरले हराउदै शर्मा निर्वाचित भएकी हुन् । उनले २६ हजार ८ सय ७७ मत प्राप्त गरेर निर्वाचित भएकी हुन् । भने उनका प्रतिस्पर्धी एमालेका महासचिव पोख्रेलले २६ हजार ६ सय ८१ मत प्राप्त गरेका छन् । जम्मा ७९ हजार ४ सय ४६ मत खसेको थियो । निर्वाचनमा रेखाको यो पहिलो प्रत्यक्ष प्रतिस्पर्धा हो ।