दाङ क्षेत्र नं. १ प्रदेशसभा २ मा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका अनुराग खड्का निर्वाचित भएका छन् । नेपाली कांग्रेसका नेता स्वर्गिय खुम वहादुर खड्का सुपुत्र २८ बर्षीय अनुराग विजयी भएका हुन् । उनले १६ हजार २ सय २२ मत प्राप्त गरि निर्वाचित भएका हुन ।
उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार कुलबहादुर खत्रीले १३ हजार १ सय ७० मत प्राप्त गरेका थिए ।
खत्रीलाई ३ हजार ५२ मतअन्तरतले पराजित गर्दै खड्का निर्वाचित भएका हुन । दाङको निर्वाचिन क्षेत्र १(२) मा कुल ३८ हजार ५ सय ९२ मत खसेको थियो । उनी लुम्बिनी प्रदेशसभामा निर्वाचित हुने सबै भन्दा कान्छा सदस्य हुन ।