२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

दाङ क्षेत्र नं. १ मा मेटमणि चौधरी निर्वाचित

दाङ क्षेत्र नं. १ बाट प्रतिनिधिसभामा नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी निर्वाचित भएका छन् । २६ हजार ५६३ मत पाएका उनले नेकपा एमालेकी उम्मेदवार शान्ता चौधरीलाई ५ हजार ८४ मत अन्तरले पराजित गरे । चौधरीले २१ हजार ४७९ मत पाइन् ।

यस क्षेत्रबाट यसअघि २०७४ मा नेकपा एमालेबाट मेटमणि चौधरी नै निर्वाचित भएका थिए । निर्वाचन अधिकृतको कार्यालयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकले १३ हजार ७९४ मत पाएका छन् भने हाम्रो नेपाली पार्टीका गंगा चौधरी सत्गौवाले एक हजार ९२ मत पाइन् ।