२०७९ फाल्गुन ३० गते मङ्गलवार
२०७९ फाल्गुन ३० गते मङ्गलवार

दाङका सडक, अस्पताल र एयरपोर्ट मेरो पहिलो प्राथमिकता : दिपक गिरी

दाङ क्षेत्र नं. ३ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य दिपक गिरीले दाङका सडक, अस्पताल तथा एयरपोर्ट आफ्नो पहिलो प्राथमिकतामा रहेको बताउनु भएको छ । तुलसीपुरमा भएको मतदाता धन्यवाद तथा  विजयी ¥यालीको सभालाई सम्बोधन नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व सिंचाईमन्त्री समेत रहेका गिरीले दाङको समग्र विकासमा आफूले पहल गर्ने बताउनुभयो । दाङमा चारलेनको विग्रिएको बाटो, पश्चिम दाङका मुख्य तथा सहायक सडकहरु स्तरबृद्धि गर्ने बताउनुभयो । साथै आफू संसद छिरेको तीन दिनमै अस्पतालको सेवा सुधारमा पहल थाल्ने समेत प्रतिबद्धता जनाउनुभयो । अस्पतालको सेवाको बारेमा जनगुनासो र दाङबासीले स्वास्थ्य सेवा सहजरुपमा नपाएको बताउभनुभयो । दाङका अस्पतालको स्तर बारेमा डब्लुएचओ संग समन्वय गरेर गुणस्तरी स्वास्थ सेवाका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

यसैगरी गिरीले टरिगाउँ एयरपोर्टलाई बास्तविक एयरपोर्टका रुपमा विकास गर्ने बताएका छन् । ‘जुन एयरपोर्टमा अहिले साना १९ सिटे जहाज मात्रै बस्न सक्छन् । त्यो एयरपोर्टमा ठूला जहाज बस्न मिल्ने बनाउछौं’ गिरीले भन्नुभयो, ‘एयरपोर्टमा अझै नियमित हवाई सेवा सूचारु हुन सकेको छैन । भाडा पनि महंगो छ । यसको पनि सुधार हुनेछ ।’
दाङको समग्र विकास र निकासका लागि महत्वपूर्ण निर्वाह गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । गिरीले जनताकै बलमा निर्वाचन जितेकाले त्यसको श्रेय जनतालाई नै जाने बताउनुभयो। आफू निर्वाचित भएको जनताकै कारणले भएकाले केहमी गल्ती गरेमा सुधार गर्न सल्लाह सुझाबको पनि अपेक्षा गरेको बताउनुभयो । नेपालको संविधान, संघीयता,लोकतन्त्र,गणतन्त्र रक्षा गर्न अहिलेको गठबन्धन रहेको समेत बताउनुभयो । गठबन्धनका तर्फबाट विजयी गिरीसहित ३(१) बाट निर्वाचित डिल्ली वहादुर चौधरी र ३(२)बाट निर्वाचित धनबहादुर मास्कीसहितको ¥यालीले बजार परिक्रमा गरिएको थियो । अन्य स्थानमा पनि धन्यबाद तथा विजयी ¥याली निकाल्ने कार्यक्रम रहेको बताइएको छ ।