२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

सगरमाथा क्षेत्रमा खिचेको भनिएको हिउँ चितुवाको तस्बिर ‘फेक’

अमेरिकी फोटोग्राफर किटिया पावलोस्कीले सगरमाथा क्षेत्रमा खिचेको भनिएको हिउँ चितुवाको तस्बिर झुटो अर्थात् ‘फेक’ भएको तथ्य बाहिरिएको छ । सामाजिक सञ्जाल र सञ्चारमाध्यममा निकै चर्चा पाएको हिउँ चितुवाको फोटो ‘फेक’ भएको अलपाइन इन्टरनेशनल म्यागजिनले दाबी गरेको छ ।अलपाइन इन्टरनेशनल हिमाली जीवन, प्रकृति र फोटोग्राफीका विज्ञहरूले चलाएको चर्चित म्यागजिन हो । पावलोस्कीले खिचेको भनिएका तस्बिरमा शङ्का लागेपछि म्यागजिनका विज्ञको टोलीले अध्ययन गरेको थियो । हिउँ चितुवा संयोगवश जो कसैले भेटेर तस्बिर खिच्न पाउने भए पनि तस्बिरको संरचना, प्रकाश, तिनीहरूको स्थान लगायतको सत्यतामा समस्या रहेको टोलीको निष्कर्ष छ ।

अलपाइन इन्टरनेशनल म्यागजिनले प्रकाशन गरेको एउटा लामो तथ्य जाँच रिपोर्टमा पावलोस्कीका तस्बिरहरू उत्कृष्ट भए पनि तिनीहरू प्राकृतिक नभइ ुफोटोशपु जस्ता सफ्टवेयर प्रयोग गरेर तयार पारिएको उल्लेख छ । रिपोर्टमा पावलोस्की फोटोशप चलाउने काममा विज्ञ रहेको उल्लेख छ । किटिया पावलोस्कीले आफ्नो वेबपेज र इन्टाग्राममा फोटो सार्वजनिक गरेपछि नेपालमा रहेको अमेरिकी दूतावासको आधिकारिक फेसबुक पेजबाट समेत सार्वजनिक भएको थियो । अमेरिकी दूतावासले नै शेयर गरेपछि नेपालका सञ्चारमाध्ययम र सामाजिक सञ्जालमा हिउँ चितुवाको फोटो भाइरल भएको थियो ।