२०७९ माघ ९ गते सोमवार
२०७९ माघ ९ गते सोमवार

भैलो खेलेको रकमबाट अतिविपन्न परिवारलाई खाद्यान्न वितरण

दाङको बबई ५ मा रहेको बबई समृद्धि क्लब पुर्वहापुरेले तिहारमा भैलो खेलेर जम्मा भएको रकमबाट अतिविपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ । क्लवले सामाजिक उत्तरदायित्व बहन गर्दै तिहारमा भैलो खेलेर जम्मा भएको रकमबाट करिव २० अतिविपन्न घरधुरीलाई खाद्यान्न वितरण गरेको क्लबका अध्यक्ष राम बहादुर वलीले बताउनुभयो ।

भैलो खेलेर जम्मा भएको रकम सबै सदस्यहरुसंग सल्लाह गरेर पिकनिक तथा भोज खानुभन्दा अतिविपन्न परिवारलाई सहयोग गरिएको उहाँले बताउनुभयो । यसैगरी खाद्यान्न सहयोगमा सोही गाउँका केहि व्यक्तिले पनि आर्थिक सहयोग गरेका थिए । यस्ता राहत वितरण कार्यलाई निरन्तरता दिने अध्यक्षले वलीको भनाई छ ।
केहि दिन अघि जेब्रा क्रसिङ निर्माण पनि गरिएको थियो । बबई समृद्धि क्लब पुर्वहापुरेले विभिन्न समयमा सामाजिक कार्य गर्दै आएको छ ।