२०७९ माघ ७ गते शनिवार
२०७९ माघ ७ गते शनिवार

दाङकाे दंगिशरणमा एक जनाकाे शव फेला

सांकेतिक तस्वीर ।

दाङकाे दंगिशरणमा मृत अवस्थामा एक जनाकाे शव फेला परेकाे छ । दंगिशरण गाउँपालिका वडा नं ३ एकलिमा मृत अवस्थामा एक जनाकाे शव फेला परेकाे हाे । साे शव दंगीशरण गाउँपालिका वडा नं. ६ का ३५ बर्षीय किमन्द्र बुढाकाे रहेको प्रहरीले जानकारी दिएकाे छ ।

बुढा गत ४ दिन देखि सम्पर्क बिहिन भएका थिए । स्थानियले आज विहान शव फेला पारेपछि प्रहरीलाई खवर गरेका थिए ।