२०८१ भाद्र २८ गते शुक्रवार
२०८१ भाद्र २८ गते शुक्रवार

जन्मदिनमा पत्रकार आचार्यद्धारा विरामीको उपचारमा सहयोग

दाङका पत्रकार तथा दंगिशरण गाउँपालिका प्रेस संयोजक प्रमोद आचार्यले आफ्नो जन्मदिनको अवसरमा विरामीको उपचारकालागि आर्थिक सहयोग गरेका छन् । जन्मदिनको अवसरमा ढुङगाले च्यापिएर घाइते भएका बबई – ७ मलईका भिम बहादुर बाठा मगरको उपचारमा रु २ हजार रुपैयाँ सहयोग गरेका छन् । यसैगरी क्यान्सर पिडित विनिता घर्तीको उपचारमा रु ३ हजार रुपैयाँ सहयोग गरेका छन् । सामाजिक अभियान्ता समेत रहेका आचार्यले जन्मदिनमा फजुल खर्च गर्नुभन्दा उपचारमा सहयोग गरेको बताएका छन् ।