२०७९ फाल्गुन २९ गते सोमवार
२०७९ फाल्गुन २९ गते सोमवार

महोत्सवको विरोधमा तुलसीपुर उपमहानगरपालिकाको कार्यालयमा तालाबन्दी

 


तुलसीपुर उद्योग बाणिज्य संघले मेला–महोत्सवको विरोधमा उपमहानगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ । युथ्स अफ तुलसीपुरले आज देखि मंसिर २६ गतेसम्म हात्ति खौवामा महोत्सव संचालन गर्न लागेको विरोधमा हिजो देखि बजार बन्द गर्दै आन्दोलन गर्दै आएको उद्योग बाणिज्य संघले तुलसीपुर उपमहानगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको हो । आज विहीबार बिहान करिब साढे १० बजेतिर तुलसीपुर उपमहानगरपालिकाको कार्यालय लगाइको ताला झण्डै १ घण्टा पछि खोलिएको हो .। तालाबन्दी गरेपछि उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेल सहितका केही कर्मचारीहरु कार्यालय भित्रै थुनिएका थिए ।

अहिले दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी,एसपी बिरबहादुर वली, इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्पराज मल्ल ,तुलसीपुर उपमहानगरपालिका,तुलसीपुर उद्योग वाणिज्य सघं,चेम्बर अफ कमर्श र युथ्स अफ क्लव तुलसीपुरका अध्यक्ष सहितको टोली महोत्सवका विषयमा तुलसीपुर उपमहानगरपालिकाको कार्यालयमा छलफलमा जुटेको छ ।