२०८१ भाद्र २८ गते शुक्रवार
२०८१ भाद्र २८ गते शुक्रवार

मावि काँसीपुरद्धारा विरामीको उपचारका लागि सहयोग रकम हस्तान्तरण

दाङ शान्तिनगर – ५ स्थित आदर्श माध्यमिक विद्यालय काँसीपुरले विरामीको उपचारका लागि सहयोग रकम हस्तान्तरण गरेको छ । तिहारमा खेलेको भैलोबाट उठेको रकम र विद्यालय शिक्षकहरुले सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

आज एक कार्यक्रम विच भैलो खेलेको रकमबाट सोही वडाका ब्लड क्यान्सर पिडित रिया पुनलाई ५ हजार रुपैयाँ र मृगौला पिडित प्रताप चौधरीलाई ५ हजार सहयोग रकम हस्तान्तरण गरिएको हो । यसैगरी विद्यालय शिक्षक स्टाफबाट ५ हजार रुपैयाँ, वडा सदस्य गंगाराम डाँगीबाट ३ हजार रुपैयाँ, विद्यालय व्यवस्थापन समितिका सदस्य धर्मशिला बस्नेतले ५ सय रुपैयाँबाट जम्मा भएको रकम पुन र चौधरीलाई प्रदान गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका कार्यबाहक अध्यक्ष लाल वहादुर के.सी.को सभापतित्व तथा वडा सदस्य गंगाराम डाँगीको प्रमुख आतिथ्यतामा विद्यालयका प्रधानाध्यापक विनोद डाँगी, भैलो संयोजक चुडामणी के.सी., विद्यालय शिक्षक स्टाफ, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, विद्यार्थीहरुको उपस्थितिमा  सो रकम हस्तान्तरण गरिएको हो ।