२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

उमेर ढल्केका नेताहरूबाट देश चल्दैन : नेता चण्डारी

नेपाली कांग्रेसका नेता तथा गुल्मी क्षेत्र नं १ का सांसद चन्द्र भण्डारीले उमेर ढल्केका र शारीरिक रुपमा पनि अशक्त भएका नेताहरूबाट देश नचल्ने बताएका छन्। नेपाली कांग्रेस गुल्मीले शुक्रबार सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा वर्तमान समस्यालाई समाधान गर्नका लागि युवाहरूको जोश र जाँगरबाट समस्याहरू समाधान हुन सक्ने भन्दै युवा नेताहरूको नेतृत्व आउनुपर्नेमा जोड दिएका छन्।

के अब गगन थापाको नेतृत्वमा सरकार बन्ला त भन्ने संचारकर्मीको प्रश्नमा भण्डारीले पार्टीभित्र र गठबन्धन भित्र बसेर सहमति गरिने बताए। पार्टीभित्र र गठबन्धन भित्र झगडा र आन्तरिक किचलो नहुने गरी सहमतिमै सरकार गठन हुने उनको दाबी छ। ।