मंसीर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ को समिक्षा गरिएको छ । संबाद समूह दाङको आयोजनामा निर्वाचनको सन्र्दभमा समिक्षा गरिएको हो । मुख्य निर्वाचन अधिकृत एवम दाङ देउखुरी जिल्ला अदालतका प्रमुख न्यायाधीश कृपासुर कार्कीले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताउनुभयो । तर निर्वाचनमा खटिएका मतदान अधिकृतलाई प्रशिक्षण र मतदाताहरुलाई मतदाता शिक्षा प्रभाबकारि हुन नसकेको बताउनुभयो ।
निर्वाचन कार्यालयले ४ बर्ष सम्म आफ्न ागतिबिधि नगर्ने र निर्वाचनको संघारमा हतार हतारमा काम गर्दा थुप्रै चुनौतिको सामाना गर्नुपर्ने अबस्था रहेको न्यायाधीश कार्कीले गुनासो गर्नुभयो । निर्वाचन कार्यालय सँग निर्वाचन सम्बन्धि अधिकार धेरै भएपनि मुख्य निर्वाचन अधिकृतलाई सीमित अधिकार हुनु गरेको कार्कीले बताउनुभयो । हतार हतारको तयारी गर्नुपर्ने कारणले पनि अपाङमैत्री, जेष्ठ नागरिक मैत्रीमतदान केन्द्र बनाउनमा केही जटिलता आएको बताउनुभयो । दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले प्रमुख जिल्ला अधिकारीलाई समेत निर्वाचन सम्बन्धि ओरेन्टेसन नभएको बताउनुभयो । आबश्कता हो प्रबिधि पनि छैन,सवारी साधनपनि छैन्,उहाँले भन्नुभयो ।
दाङका प्रहरी प्रमुख बीरबहादुर वलीले आचार संहिता उल्लघनमा दलहरु बिच प्रतिस्पर्धा हुने गरेको बताउनुभयो । तर कम भन्दा कम आचार संहिता उल्लघन गराउन निर्वाचनमा खटिएको बताउनुभयो । प्रदेश निर्वाचन कार्यालयका प्रतिनिधि रेवत भण्डारीले मतदान केन्द्र छनौट राम्रोसँग हुननसकेको बताउनुभयो । उहाँले भन्नुभयो, निर्वाचनमा खटिएका कर्मचारीहरुकालागि प्रभाबकारी तालिम हुन सकेन ।
कार्यक्रममा संबाद समूहका सदस्य टिकाराम रेग्मी, संबादका बरिष्ठ सहजकर्ता सुशील बस्नेत, नियोग दाङका अध्यक्ष ठाकुर डाँगी, नागरिक समाजदाङका सदस्य हरिप्रसाद पाण्डे, पत्रकार लक्ष्मीआचार्य, नेपालपत्रकार महासंघ दाङका सचिब आरके सीतल, जेष्ठ नागरिकका खुमानन्द अधिकारी, अपाङगता भएका ब्यक्ति बिबेक खड्कालगायतले यसपटकको निर्वाचनको राम्रा पक्ष र सुधार गर्नुपक्षका बारेमा बोल्नुभएको थियो । संबाद समूहका सदस्य निर्मल नेपालीले बिषय प्रबेश गर्नुभएको निर्वाचन समिक्षाको सहजिकरण सहजकर्ता सुष्मा गिरीले गर्नुभएको थियो ।