२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

फाइल तस्वीर ।

कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । बेदकोट नगरपालिका–१ स्थित हात्तीथलाका ७१ वर्षीया हीरादेवी धानुकको मङ्गलबार मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी निरीक्षक भरत गिरीलेका अनुसार बैजनाथ मध्यवर्ती सामुदायिक वनभित्र दाउरा लिन गएका अवस्थामा धानुकलाई हात्तीले आक्रमण गरेको थियो ।