२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

एन प्याव्सन दाङले वृहत खेलकुद प्रतियाेगिता गर्ने

एन प्याव्सन दाङले बृहत् खेलकुद प्रतियाेगिता २०७९ आयाेजना गर्ने भएको छ । एन प्याव्सन दाङकाे वार्षिक कार्यक्रम अन्तरगत यहि मंसिर २९ गते देखि पुस २ गते सम्म प्रतियाेगिता आयाेजना गर्ने भएको हाे ।

२०७६ साल वाट शुरु भएको बृहत खेलकुद प्रतियाेगिता काेभिडका कारण लगातार २ वर्ष स्थगित भएको थियाे । प्रतियाेगितामा छात्र/ छात्रा भलिवल त्यस्तैगरि दाैड तर्फ छात्र/छात्रा १००,२००,४००,८००,१५०० र ३००० मिटर हुनेछन । त्यस्तैगरि हाईजम्प , लङजम्प , त्रिपलजम्प , ज्यावलिङ थ्राे र सटपुट छात्र/छात्राका लागि हुने आयाेजक एन प्याव्सन दाङका अध्यक्ष विमल गाैतमले जानकारि दिनुभयाे । प्रतियोगितामा एन प्याव्सन दाङमा आवद्ध मावि तहका ३० वढि विद्यालयहरुकाे सहभागिता हुने गाैतमले जानकारि दिनुभयाे । त्यस्तै प्रतियाेतामा सहभागी हुने विद्यालयहरुलाई यहि मंसिर २५ गते भित्रमा सहभागि खेलाडिकाे नाम सहित दर्ता गर्न आह्वान गरिएकाे छ । प्रतियोगिताका सवै खेलहरु वेलझुण्डि स्थित रगशालामा हुने सचिव ठाकुर प्रसाद डाँगीले जानकारी दिनुभयाे ।