२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

कैलालीमा कुटपिटबाट एक जनाको मृत्यु

सांकेतिक तस्वीर ।

कैलालीमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ। जिल्लाको बर्दगोरिया गाउँपालिका–१ को कट्टीपुरका ४० वर्षीय लालबहादुर बोहराको कुटपिटबाट मृत्यु भएको हो। कट्टीपुरमा २४ मंसिरमा भारतीय नागरिकसँग भएको विवादका क्रममा कुटपिटबाट बोहरा घाइते भएका थिए।

घाइते भएपछि बोहरालाई थप उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको थियो। तर, उपचारकै क्रममा हिजो उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक (डिएसपी) वेदप्रकाश जोशीले बताए। डीएसपी जोशीकाअनुसार बजार नजिकैको पसलमा भारतीयले पार्किङ गरेको विषयमा विवाद भएपछि बोहरामाथि कुटपिट भएको थियो।

त्यस्तै उक्त घटनाको अनुसन्धानका लागि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। घटनाको जिम्मा लिएका बर्दगोरिया गाउँपालिका–४ का सुरेन्द्र डगौरा र श्रवण चौधरीलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूलाई पक्राउ गरेर ज्यान मार्ने उद्योगमा मुद्दा दर्ताको प्रक्रिया अगाडि बढाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।