एउटा असल शिक्षकले विद्यार्थीको दिमाग सफा गर्दिन्छ, राम्राकुरा भर्दिन्छ, भावना निर्माण गर्दछ अर्थात् एउटा असल नागरिक तयार गरी समाजलाई दिन्छ । शिक्षकले कोर्समा भएका कुरा मात्रै पढाएर पुग्दैन राम्रा कुरा जहावाट पनि ल्याएर विद्यार्लीलाई दिन जान्नु पर्छ । किनकि व्यक्ति निर्माण परिवार निर्माण समाज निर्माण राष्ट्र निर्माण शिक्षकले नै गर्ने हो । तर त्यो गर्नलाइ सब भन्दा पहिला आफूलाई राम्रो निर्माण गर्नुपर्छ । आफू राम्रो नभएर अरुलाइ सुधार्न सकिदैन । शिक्षक स्वयं चन्चल धैर्यता छैन स्वाध्याय गर्दैन धारणाको महत्व बुझेको छैन भने विद्यार्थीलाई ज्ञान के दिन्छ त्यसैले भनिन्छ ।
शिक्षाले मात्रै पुग्दैन ज्ञान नदिइ हुदैन ।
शिक्षकमै छैनभने विद्यार्थीले पाउदैन ।
विद्यार्थी लाइ पढाउने हतार गर्नु हुदैन ज्ञान थोपर्ने कुरा होइन उसको सुतेको ज्ञानलाई जगाइदिए पुग्छ । त्यसैले पढाउनु भन्दा पढ्न प्रेरित गर्नु ठूलो कुरा हो। शिक्षकको काम पढाइ प्रतिको भोक जगाइ दिनु हो।
त्यसको लागि यी पाँच प्रक्रिया अपनाउनु पर्छ
१ उत्प्रेरक
२ सूचक
३ दर्शक
४ वाचक
५ वोधक
शिक्षकले कक्षामा गएर किताव पढाएर पुग्दैन उसको प्रत्येक व्यवहार ज्ञानप्रद हुनुपर्दछ । शिक्षक र गुरुभन्दा पनि माथि पुगेर आचार्य नै बन्ने प्रयास गर्नु पर्दछ जसले गर्दा नजिक पुग्ने जो सुकैले पनि आचरण बाटै सिकन सकून्
पहिले पहिले गुरुकुलमा दिइने शिक्षा गुण गाह्री हुन्थ्यो अहिले त्यो छैन । आज विद्यार्थी ले विद्या आर्जन गर्न पाएका छैनन् । किनकि आज आचार्य छैनन । गुरु शिष्य परम्पराको अभाव नै यो घाटाको मूलकारण हो। शिक्षा केवल पैसा कमाउने माध्यम बनेको छ । शिक्षकको ध्यान पैसामा विद्यार्थी को ध्यान सर्टिफिकेट हात पार्नुमा । यस्तो अवस्थाया राष्ट्रलाइ पर्ने दक्ष जनशक्ति कसरी उत्पादन हुन सक्छ रु कसरी व्यक्तिगत र पारिवारीक जीवनको उत्थान हुन्छरु कसरी समाज र राष्ट्रको प्रगति हुन सक्छ र ?
शिक्षाको उदेश्य यस्तो होस् मानवीय उत्कृष्टता भर्न सकोस् । शिक्षकले विद्यार्थीलाई शिक्षाको साथमा विद्या दिनुपर्छ । जसले मनुष्यको गुण कर्म स्वभावमा चिन्तन चरित्र र व्यवहारमा उत्कृष्ट आदर्शवादीलाई समावेश गर्न सक्छ त्यही विद्या हो। यसैको नाम संजीवनी विद्या हो, र कसैले यसैलाई जीवन जीउने कला भनेर पनि व्याख्या गरेका छन्। यसको साथमा सुख शान्ति समृद्धिका सबै आवश्यक तत्व समावेश भएका हुन्छन् । आजको शिक्षामा समावेश नभएकोले ज्ञान छैन । ज्ञानको अभाव नै सम्पूर्ण दुःखको कारण हो। यसरी शिक्षालाई उत्कृष्ट बनाउन समाजलाई सभ्यताको शिखरमा पुर्याउने कामको जिम्वेवारी शिक्षकको हुन्छ । शिक्षकले कहिल्यै पनि म विद्यार्थीको मात्रै शिक्षक हु भने ठान्नु हुदैन । शिक्षक गाउ समाज र सिंगो राष्ट्र कै शिक्षक हुन्छ ।