२०७९ फाल्गुन २६ गते शुक्रवार
२०७९ फाल्गुन २६ गते शुक्रवार

पर्ल एकेडेमीका विद्यार्थीद्वारा टोल सरसफाई

दाङको घोराहीमा रहेको पर्ल एकेडेमीमा अध्ययनरत विद्यार्थीले टोल सरसफाई गरेका छन् । विद्यार्थीमा सामाजिक भावना जगाउने र विद्यार्थीलार्इ सामाजिकरण गर्ने उदेश्यले विद्यालयमा गठन भएको पर्ल सक्रिम बाल क्लवको सक्रियतामा विद्यालय रहेको रतनपुर टोल विकास संस्था क्षेत्र अन्तर्गत पर्ने शिव मन्दिर देखि कपुरचोक सम्मको बाटोमा सरसफार्इ गरिएको हो । सो अवसरमा सरसफार्इ संगसगै स्थानीय टोलवासीलाई सरसफाइको महत्वको बारेमा पनि जानकारी गराइएको थियो । उक्त सरसफाइ कार्यक्रममा कक्षा ७ ८ र ९ का विद्यार्थीको संग्लगता रहेको विद्यालयका सहायक प्रधानाध्यापक पवन सुवेदीले जानकारी गराउनु भयो। साथै विद्यालयमा खाजाको रुपमा जंकफूड प्रयोग नगर्न पनि सम्पूर्ण विद्यार्थीलाई आग्रह गरिएको प्रधानाध्यापक द्रोणराज पोख्रेलले बताउनुभयो ।