२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

पिपुल ल्याण्ड स्कुलमा बाल क्लव र जुनियर रेडक्रस सर्कल गठन


बबई ४ हापुरेमा रहेको पिपुल ल्याण्ड बोर्डिङ स्कुलमा बाल क्लव र जुनियर रेडक्रस सर्कल गठन गरिएको छ । शुक्रबार एक कार्यक्रमका विच बालिका वलीको अध्यक्षतामा १३ सदस्यीय बाल क्लव गठन गरिएको हो ।

जसको उपाध्यक्षमा रमित थापा, सचिवमा पम्फा वली, कोषाध्यक्षमा सलिना अधिकारी, सहसचिवमा अरुणा सुनार रहेका छन् । क्वलको संरक्षकमा प्राचार्य मान वहादुर डाँगी, शिक्षक संयोजक महेन्द्र खराल, सुनिता ज्ञवाली र गोमा वराल रहेका छन् ।
यसैगरी चन्द्रा खड्काको अध्यक्षतामा २५ सदस्यीय जुनियर रेडक्रस सर्कल गठन गरिएको छ । जसको उपाध्यक्षमा सर्गम वली, सचिवमा अरुणा राणा, सहसचिवमा ओमप्रकाश डाँगी, कोषाध्यक्षमा सिर्जन वली रहेका छन् । संरक्षकमा मान वहादुर डागी, शिक्षक नायम रमेश लामिछाने, शिक्षक सह–नायक निरुता वली र सुशिला घर्ती रहेका छन् । विद्यालर्थीमा अनुशासन, विद्यालयमा संचालन हुने अतिरिक्त क्रियाकलाप सक्रिय सहभागिता, बालबालिकाकोहरुको पूर्ण विकासका लागि विभिन्न रचानात्मक कार्यक्रममा विना भेदभाव सक्रिय सहभागिता र शिक्षक, विद्यार्थी तथा विद्यालय प्रशासन संग सहकार्य गर्र्दै विभिन्न क्रियाकलाप अगाडि बढाउने उद्येश्यलले विद्यालयमा बाल क्लव र जुनियर रेडक्रस सर्कल गठन गरिएको हो ।